About Contact Links
Close
बिज्ञापन
दलितहरुको आवाज !

Khabarsabaiko मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

राजकुमारको प्यार बस्यो
बिच बजारमा
जब राधा पानीपुरी र चट्पटे खाइरहेकी थि ।
र लगातार
उस्को अनुहारमा हेरिरहेकी थि ।
जन्मजात सुन्दर चेहेरा भएको
राजकुमारले त्यो दिन
हातभरी
सुनै सुनको औँठी लगाएको थियो ।
र त्यो उन्ले  हेरिरहेकी थिन
उस्को नौजवान ओठ
अनि चिल्ला नोटहरुमा मोहित भएकि
राधाले चिन्जान र परिचय पश्चात्
उस्लाइ आफ्नु नोम्बर दिन।
र हरेक दिन  उ राधालाइ
मोवाइलमा पैसा हाल्दिन्थियो
र मध्यरातसम्म घन्टौ बात
गरिरह्न्थ्यो ।
अक्सर उनिहरु सिनेमा हेर्न जान्थे
अनि पेटभरी मम पिजा बर्गर खान्थे
र हरेक दिन
पैसा उ तिर्थियो
नवीन रहरहरु गर्ने
राधालाइ उ हरेक दिन केही न केही
उपहार किन्दिन्थियो
र सधै समय पनि उनैलाइ दिन्थियो
घढि र मोवाइलहरुहुदै
एकदिन उस्ले नया स्कुटर पनि किन्दियो
उस्ले र राधाको सारा रहरहरु किन्दियो ।
उस्ले अनेक उपहारहरु दियो
र बेचिदियो आफ्नु सिङ्गो सन्सारलाइ
उन्कै प्यार पाउनलाइ
किनकी, उ प्रेमपागल जस्तै भएको थियो ।
समय बितिरह्यो बितिरह्यो
र यो राधाको परिवारको चाहा थियो
कि एउटा गतिलो कुल खान्दानको केटासङ्ग
बिवाह गर्ने उन्को बुवा आमाको सपना थियो ।
लामो समय अन्तरालमा जब
मेरो पेटमा तिम्रो बच्चा छ भनेर
राधाले राजकुमारलाइ
खुद आफ्नै घरमा बोलाइन ।
तब,
झरेर सातसमुन्दर पारिको गाउँबाट
या,मानौ कि इन्द्र भगवान
बोकेर बायुयान इन्द्रलोकबाट झरेर
आसमानकी
अफ्सरालाइ लिन आकास आए झै गरेर
जलबिमानहरुमा बसेर
राधालाई लिनलाइ
अति गहिरो नदि तरेर
उ राधाको पास  गयो ।
तर,अफसोच स्वागत भएन
उस्को बाहिस्कार भयो
उस्लाइ यसरी अस्बिकार गरियो
मानौ कि,उस्लाइ
कोरोना भाइरस लागेको थियो ।
जन्तीहरु सहित सपनाहरु बोकेर आएको
मान्छेलाइ बौलाहा भनियो
अनि अपमान गरियो
र लेखेटियो
उन्को परिवारहरुबाट उनिहरुलाइ ।
भागिरहेथे डौडिएर उनिहरु चिच्याइरहे
चर्को चित्कारमा
अनि आफ्नु ज्यान जोगाउन
बारम्बार हारगुहार मागिरहेथे ।
सुनेर यो आवाज
जहाँ लाठी मुङ्ग्रो र भालाहरु बोकेर
सिङ्गै गाउ आयो
अनि अपराधि
र बलत्कारिहरुलाइ झै गरेर
खेदायो उनिहरुलाइ ।
र जहाँ इलाम
र कन्यामको सबैभन्दा माथिको डाडाहरुबाट
तल चट्टानहरु झारियो
र त्यही कठोर ठुङ्गाहरुले किचेर
मारियो उनिहरुलाइ ।
त केहीलाई समाएर
अनि करेन्ट लगाएर मारियो
र केहिलाइ ज्युदै आगोमा जलाएर मारियो
त केहिलाइ खेदाएर खोलामा अनि बगाएर मारियो ।
किनकी,परिवारको माझमा त्यो नाजाहज बच्चा
कस्को भनेर सोध्दा
बिगतमा
राजकुमारको अनुहार तिर देखाएर
राधाले भनेकी थि कि
[यो गर्भ
मेरो बिचार बिपरित बसेको थियो ]
यसैले,एकसाथ उनिहरुलाइ बलत्कारको
अभियोग लगाएर मारियो
उनिहरु तड्पाएर मारियो
र पछि यो बुझियो कि
उ कुनै बलात्कारी थिएन
उ एउटा दलित थियो
र निश्चय पनि
उनिहरुलाइ सुनोजित ढङ्गबाट मारियो ।
यस्तो लाग्छ सायद,
र प्यारको नाममा पैसाको प्यहपार गर्ने
त्यो केटि
जरुर एउटि नामुद बेस्या थि ।
किनकी,उन्को परिवार सहित
जब एकसाथ
उन्लाइ कठघरामा राखियो
र केहिदिन अनुसन्धान गरियो
तब यो देखियो कि
राजकुमारको भुँडी बोकेको छ भनिएको
उन्को पेट खाली थियो ।
अन्तत पर्याप्त प्रमाण
र सम्बन्धित पिडितको पछ्यको
आवाजहरुको अभावमा
उस्लाइ थानाबाट छोडियो
र आफ्नै घरमा लगेर राखियो।
यो देसको
सम्बिधानका कागजहरुमा पत्रहरु भरिने गरि
जहाँ पानाहरुभरी लेखिएको छ
(छुवाछुत र जातिय भेदको आधारमा
दुर्ब्यहवार गर्नेहरुलाई
हदैसम्मको सजाय हुन्छ )
भनेर लेखिएको छ
तर अफसोच
किन देखिएको छ सरकार
यो देसमा
दमाई सुनुवार र परियारहरु
दिनडाहडै
हत्या भएका समचारहरु ।
दिनदाहदै दमाई दुनुवार र दलितहरु मारियो
सरकार यस्तो लाग्छ सायद,
गुनेगारहरुबाट नै
यो देसको बिधान लेखिएको थियो ।
कतिसम्मको नजाहज इजलास हो यो?
दिनहु नारिहरु बलत्कार गरिन्छ
र त्यसैको भोलिपल्ट नारिबादी नाराहरु लगाएर
बलत्कारीहरुबाट नै  यो भनिन्छ कि
बलत्कार यो देसको सबैभन्दा ठूलो अपराध हो।
बाहानाहरु बनाएर मान्छे मार्न पाउने
कहाँ को कानुन हो ?
चाहे अनुहार नभएको सुनुवार
या परियार नै किन नहोस सरकार
यो सन्सारमा
प्यार गर्न पाउने अधिकार जो कोहिलाइ हुन्छ
तर,मलाइ मान्छे मन परेन भन्दैमा
गुन्डाहरु लगाएर मान्छे मार्न पाउने अधिकार
कसम त्यो अधिकार्
यो सन्सारको कुनै भगवानलाइ पनि छैन।
जातिय विभेद
र छुवाछुत प्रथा अन्त्य होस भनेर
कागजहरुमा त लेखियो ।
तर अफसोच! किन मारियो तिनै दलितहरुलाइ ?
सर्कार हो
त्यसैको हातहरुबाट उनिहरुलाइ मारियो
र त्यो त्यही केटिको बाउ जो सभासद थियो ।
हटाइयोस ती सबै प्रस्तावनाहरु
च्यातियोस र फेरि लेखियोस कि
कसैले पनि कसैको दमन सहन गर्नु नपरोस
दलित भएकै कारण
र कैले पनि कोहि मर्नु नपरोस ।
सम्बिधानको कागजमा मात्र हैन कि
यो देसमा जातिय विभेद र छुवाछुत उन्मुलन गर्नलाई
नया अभियान चालियोस
सरकार र सधाका लागि हटाइयोस यसलाइ
जसरी पैले यटाइएको थियो
चन्द्रसमसेरद्वारा सति प्रथालाइ ।
बारजना निर्धोसहरु भन्दा धेरै
दलित युवाहरु मरिएपछि
हत्याराहरुको सजाय
र पिडितको न्यायको निमित्त
गन्त्रान्तिक मुलुकमा
दलितहरुले बहुद आवाजहरु उठाए ।
आएर अदालतमा अनि उस्को परिवारले
चर्को स्वरमा चिच्याए
न्यायको निमित्त बिगुल बजाए
तर,अफसोच उनिहरुको आवाज
उल्टै प्रतिध्वनित भएर फर्कियो
अनि त्यो आवाज माथि कैले पनि पुगेन
र त्यो कसैले पनि सुनेन
हो भन्दै हत्केलाहरु
अनि उनिहरुले गाएको गितमा थपडिहरु बजाएर
कसैले साथ दिएनन
किनकी, उ दलित थियो
र यो देसमा उनिहरुले चिनेको मान्छे
कोहि पनि थिएन ।
यस्तो लाग्छ सायद,
यो समाजले बनाएको
त्यो जातको हातले छोएको
हिजो पानी मात्रै चल्दैन थ्यो
तर अफसोच आज
यो समाजमा उनिहरुको आवाज पनि चल्न छाडेछ ।
२०७७ जेठमा लेखिएको यो घटना र बिचारप्रदान रचना
कुनै समुदाय या कसैको जिवनमा मिल्न गएमा सम्योग मात्र हुनेछ ।
 बिद्रोही कवि सुजन बुढाथोकी,

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७