१२ मंसिर २०८०, मंगलबार

ललितपुर महानगरभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू

Khabarsabaiko शुक्रबार, भाद्र १९, २०७७

जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ। बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए।

उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले सो निर्णय गरेको बस्नेतले बताए।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।

‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘ललितपुर जिल्ला पूरै भन्ने हैन।’

विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो।

कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।

####सेतोपाटी बाट साभार

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: