०२ आश्विन २०८१, बुधबार

रोडिकोटका अग्नी पिडित लाई राहत तथा सहयोग जुट्न सुरूः कर्णाली प्रदेश समाजिक विकास मन्त्रि राहत सामग्री सहित पुगे

Khabarsabaiko आइतबार, भाद्र २१, २०७७

हुम्लाको सर्केगाड ८ रोडिकोटमा बुधबार राती अगो लागेर घर तथा सम्पति गुमाएका १४ घर परिवार लाई राहत तथा सहयोग जुट्न सुरू भएको छ । स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १४ घरमा क्षती भएको थियो । जसमा ६ घर पुर्ण र ७ अंशिक क्षति भएको भएका छन् । पिडित लाई प्रदेश सरकार, सर्केगाड गाउँपालिका र स्थानिय समाज सेविले राहत प्रदान गरेका छन् ।

प्रदेश सरकारसको पहलमा प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगमा जुटेको राहत समाग्री लिएर समाजिक विकास मन्त्री दल रावल अफ्नो गृहजिल्ला हुम्ला पुगेका छन् । हेलिकोप्टरमा रोडिकोट पुगी मन्त्री रावलले अग्नी पिडितहरुका लागि २० थान त्रिपाल, १०० थान कम्मल, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स,२५ -२५ थान प्लाष्टिकको बाल्टीन र जग वितरण गरेका छन् । त्यसैगरी प्रदेश सरकारको तर्फबाट मन्त्री रावलले ७ थान भाँडा सेट, १०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा,४० पोका खाने तेल, र ४४ बोरा चामल वितरण गरेका छन् ।

राहत सामाग्री हेलिकोप्टरमा लिएर रोडिकोटको ठूलागाउँ पुगेका मन्त्री रावलले “हामी तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला ” भन्नु भएको छ ।

यस्तै सर्केगाड गाउँपलिकाले ६ पुर्ण क्षतिग्रस्त घर परिवार लाइ प्रतिघर २ कट्टा चामल, ८ किलो नुन, ७ पोका तेल, ५ किलो दाल, भाँडाकुडा र लगाउने लुगा समेत सहयोग गरेको प्रहरी चाैकी सर्केगाडले जानकारी दिएको छ ।

अन्य सहयोग गर्नेमा सर्केगाड वडा नं. १ का अध्यक्ष गोकुल बुढा र बडा नं. ५ का अध्यक्ष कर्णजंग शाहीले प्रति घर दुइ-दुइ हजार नगद प्रदान गरेको हुन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्