Khabarsabaiko आइतबार, आश्विन ०४, २०७७
 
संविधान दिवसको अवसरपारी मिसन ईष्टलको आर्थिक सहयोगमा सर्केगाडमा कार्यरत समाजिक संस्थाहरुले रोडिकोटका अग्नी पिडित लाई राहत वितरण गरेका छन् । हुम्लाको सर्केगाड स्थित रोडिकोटकाे ठुलागाउँमा २०७७ भाद्र १७ गते बेलुकी जोखेको घर वाट सुरु भएको आगोले ६ घर पुर्ण र ७ घर आंशिक क्षेति भएको थियो । राहत सर्केगाड गाउँपालिका संगको समन्वय, मिसन ईष्टको आर्थिक सहयोग र महिला कल्याण सेवा, किर्डाक नेपाल र हेड नेपालको सहजिकरणमा वितरण गरेको कुरा महिला कल्याण सेवाका कार्यक्रम व्यावस्थापक प्रेम बुढाले खबर सबैको लाई जानकारी दिए ।
राहत स्वरुप २० बलांकेट, २८६ पिस लुगाधुने र नुहाउने साबुन, २६ चटई, २० डस्ना, ४० सिरानि, , २० तन्ना र भान्सको समाग्री सेटमा १३ प्रेसरकुकु, १३ चक्कु, ६८ थाल, ६८ चम्चा, ६८ गिलास, ६८ कचौरा, २६ जग, १३ कितलि, १३ बाल्टी, २६ बाँटा, १३ ताप्के, १३ डिक्ची, १३ डाडु, १३ पन्यू, २६ रुमाल, १३ ग्यालेन अाज एक औपचारीक कार्यक्रम विच वितरण गरेको कार्यक्रम व्यावस्थापक बुढाले जानकारी दिएका छन् । समाग्री पूर्णरुपमा क्षति र आंशिक क्षति अवस्था र घरपरिवारका आधारमा वितरण गरिएको बुढाले जानकारी दिए ।
राहत वितरण वडाका कार्यवाहक अध्यक्ष कुशुम कार्की को अध्यक्षता र गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले सर्केगाड गाउँपालिका दुख र सुखमा सदैव संगै रहेको कुरा पिडित प्रतिवद्धता जनाए र संविधान दिवसका अवसरमा कार्यक्रम गरेकोमा सामाजिक संस्थालाई धन्यवाद दिए ।कार्यक्रममा बोल्दै अग्नी पिडित हरिभत्त जैसीले दुखमा साथ दिएकोमा समाजिक संस्था लाई धन्यवाद दिए ।
 
 
								 
								 
								 
								 
   
   
   
   
   
  