०१ चैत्र २०८१, शनिबार

हुम्ला कोरोना संक्रमणको ग्रीनजोन रहेनः २१ वर्षिय महिलामा संक्रमण पुष्टी

Khabarsabaiko आइतबार, आश्विन ०४, २०७७

हुम्ला– लामो समय कोरोना संक्रमितको संख्या सुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिबार बाँकेको नेपालगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपनि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । शुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वस्थ्य अधिकृत नरेशवावु श्रेष्ठले जानकारी दिए ।
“हवाई मार्गबाट हुम्ला जाने प्रयोजनका लागि संकलन गरिएको स्वावको कोहलपुरमा गरिएको परिक्षणको नजिता पोजेटिभ आएको हो,” श्रेष्ठले भने, “आज आइतबार बिहाज आएको रिर्पोट पोजेटिभ देखिएको हो ।”
रिर्पोट आउने बित्तिकै सम्बन्धित महिलाको मोवाइलमा नतिजा म्याजेस गरेको बताएका श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लामार्फत सर्तकता अपनाउन आफूले खबर गरेको जानकारी दिए ।
शनिबार समिट एयरको विमानबाट १५ जना अन्य यात्रुसहित हुम्ला आएकी उक्त महिला एक वास सिमकोटमा बसेर आज आइतबार बिहान माउण्टेन्ट एयरको हेलिकोप्टरमार्फत अन्य चार जना यात्रुसहित सर्केगाड गाउँपालिका गएको बुझिएको छ । कोभिड–१९ को संक्रमण देखिएकी किशोरीसँग ५ जना सर्केगाडका २ जना चंखेली ३ का ४ जना नेपालगञ्ज बाँकेका र ३ जना सिमकोट गाउँपालिका ७ का यात्रुहरु सवार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
उक्त महिलामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता अपनाउने अहिले जिल्ला कोभिड व्यवस्थापन केन्द्र बैठक बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्