०४ कार्तिक २०८१, आइतबार

आन्तरिक हवाई सेवा आजदेखि सुचारु

Khabarsabaiko सोमबार, आश्विन ०५, २०७७

यसअघि कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दावन्दी गरेसँगै आन्तरिक तथा बाह्रय उडानमा रोक लगाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी आजदेखि उडान अनुमति दिएको थियो । आजदेखि सुरु भएको आन्तरिक हवाई उडान स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हवाइ कम्पनीहरुले उडान शुरु गरेका छन ।

सोही अनुसार हवाइ कम्पनीहरुले यसअघि नै यती, तारा, बुद्ध, श्री, समिट, सिता, सिम्रीक एयरले आजदेखि उडान सुरु गर्नेगरी टिकट बुकिङ खुल्ला गरेका थिए ।

करिव ७ महिना बन्द भएको हवाइ उडान शुरु भएसँगै यात्रुहरुलाई सुरक्षित आवतजावतमा सहज हुने हवाइ कम्पनीहरुले विश्वास दिंदै आजबाट उडान शुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्