About Contact Links
Close
बिज्ञापन
तराईमा देखिने औलो फेरी भेटियो हुम्लाको ताजाँकोटमा

नरजन तामाङ्ग, हुम्ला सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

हुम्ला– तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि फेला पर्ने थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको नमुना परिक्षणमा ताजाँकोट गाउँपालिका–४ का डोप्क्या गाउँकी १४ वर्षीय किस्मती कुवँरलाई पूर्ण देखाएको हो ।
गत वर्ष गरिएको नमुना परिक्षण ३ जनालाई देखिएको र यो वर्ष फेरी नमुना परिक्षण गर्दा १ जना बालिकालाई देखा परेको मैला स्वास्थ्यचौकीका अहेव लिलाराज शर्माले जनाकारी दिए । गत वर्ष देखिएको मलेरियाको जिवाणु खतरानाक नभएपनि हाल भेटिएको कलाश मेडियम फल्सीफर्म जातको मरेलिया जिवाणु खतरानाक भएको अहेव शर्माले बताए ।
औलोको जिवाणु देखिएको कुवँरको ताजाँकोट गाउँँपालिका–४ स्थित गोठेलबाडा स्वास्थ्य इकाईमा उपचार भएको अहेव शर्माको भनाई छ । ताजाँकोट गाउँपालिकामा यस वर्ष २ सय ५० जनाको नमुना संकलन गरी सुर्खेत पठाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

Skip

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७