२८ भाद्र २०८१, शुक्रबार

आफु साक्षर हुनका लागि अण्डा, तरकारी बेचेर शिक्षिका

Khabarsabaiko शनिबार, आश्विन १७, २०७७

हुम्लाको रोडिकोट पानिमुल गाउँका महिला आफु साक्षर हुनका लागि अण्डा, तरकारी बेचेर शिक्षिका राखेका छन् । साक्षरताका सहभागि देविशरा जैशी भन्दछन् “साक्षर हुन लेखपढ गराउनका लागि आफै शिक्षिका राखेका र्छाैं”।
उहाँले थप्नु भयो “सबै तिर विभिन्न संघ संस्था र गाउँपालिका साक्षर कक्षा सञ्चालन गरेको देखे पछि आफ्नो गाउँको महिला पनि पढ्ने निधोगरेको भन्छिन्” । उहाँले थप्नु भयो आफ्नो गाउँका २५ महिलाको एक साँटा महिला समुह बनाएका छौं र समय मिलाएर बिहान, बेलुकी पढ्ने गछौं । २०७७ श्रावण २ बाट सुचारु भएको साक्षरता कक्षा बाट दुई महिनाका लेप्चेबाट सबै महिला अहिले हस्ताक्षर गर्ने भएको सहभागि महिलाहरु भन्छन् ।
देविसरा भन्छिन् श्रीमान बाट पैषा लुकाएर, अंण्डा बेचेर आफुले बचत र शिक्षिका लाई पैषादिने गरेको छु । यति मात्र नभएर कोहि महिला त सानातिना हिसाब पनि गर्ने गर्द छन् अर्का सहभागि देउरुपा जैसी को भनाई छ ।
कसले तपाई हरुलाई पढने प्रेण दियो भनेर सोध्दा उहाँले सबै महिलाको निर्णयहो र समाजका अगाडि जान पनि अनपढ भन्ने भएपछि पढ्ने निधोगरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो आमा बुवा शिक्षित भएको भए हामि लाई पनि पढाउँथे होला नभएकाले आज दुख भोगेको उहाँको भनाई छ ।
कुरा थप्दै श्रीमानले पनि उहाँ लाई पढ्नु पर्छ भनेर उत्साहा दिने गरेको जैशीको भनाई छ । उहाँका अनुसार हिजो आज सानो छोरालाई आफुले पढ्न सिकाउने गरेको र ठुलो छोरा बाट आफु सिक्छु भन्नु हुन्छ । पढेर के गर्ने सोच छ भन्ने प्रश्नमा उहाँले भन्नुभो होटल वा पसल व्यावसाय गर्ने त्यो पनि नसके छोराछारी लाई पढाउने उहाँको सपना रहेको भन्नु हुन्छ । आर्का सहभागि देउरुपा जैसी पढेर राजनितिमा लाग्ने उहाँको भनाई छ ।
पहिलो महिना २५ र अहिले प्रति सदस्य महिला ५० रुपैंया उठाएर पढिरहेको र अव गाउँका अन्य महिला लाई पनि समेसट्ने र गाउँनै साक्षर बनाउने महिलको लक्ष्य रहेको जनाइन् ।

कक्षा सञ्चालनकाे जानकारी पछि अहिले गाउँपालिका र समाजिक संघसंस्थाले केही सहयोग गर्ने जनाएको सहभागि महिलाहरूको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्