२४ मंसिर २०८०, आइतबार

नेपालमा १ लाख नाघ्यो कोरोना संक्रमित संख्या

Khabarsabaiko शुक्रबार, आश्विन २३, २०७७

आज २ हजार ५९ जना थपिए संगै नेपालमा कोरोना संक्रमण संख्या १ लाख ६७६ पुगेको छ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  यी सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो।

त्यस्तै कोरोनाबाट २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भए संगै  ७३ हजार २३ पुगेको छ निको हुनेको संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको  मन्त्रालय नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: