०२ जेठ २०७९, सोमबार

गजल

Khabarsabaiko शनिबार, आश्विन २४, २०७७

मान्छे रक्सीले लड्दैन लड्ने त मातले हो मातले

तिम्रो आत्मै दरो छैन भने केही गर्दैन त्यो हातले
जरुरी छैन मलाइ तिम्रो बिचारलाई बुझनलाई
जे बुझ्नुथियो त्यो सब दर्साइदियो तिम्रै औकातले
ए!मान्छेहरु हो किन मारियो दिनदाहडै दलितलाइ
आखिर के बिगार गरेकोथियो नबराजको जातले?
एक चिजको पनि अनेक अर्थ हुदोरहेछ जिवनमा
लगायो आराम त कोहिलाई काम गर्न जगायो भातले
कैही फरक पर्दैन कसैलाइ यो स्वार्थि सन्सारसङ्ग
तर,धेरै नै फरक पर्छ हामिलाइ कसैको एकसाथले
खुट्टा ढोगियो देवता सम्झेर र कुकुर झै भिख मागियो
सुन्यो सुनिरह्यो र सट्टामा मालिकले हानिदियो लातले
कोहि नामुद जड्या भए,त कोहि आत्महत्या गरेर गए
म चाहिँ खुद गजलकार भए तिम्रो बिस्वासघातले
सन्सार थकियो नभन,समस्यालाई पनि अबसर ठान
जसरी उज्यालो बिहान बोकेर आएको हुन्छ रातले
सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्