११ आषाढ २०८१, सोमबार

हुम्ला जनस्वास्थ्य लाई २ लाख मुल्य बराबरको औषधि सहयोग

Khabarsabaiko सोमबार, आश्विन २६, २०७७

लामो समय देखि मेडिकल सञ्चालन गर्दै आएका जिल्ला अस्पताल हुम्लामा कार्यरत मनकारी सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि हस्तान्तरण गर्नुभएको छ ।  एक कार्यक्रमका विच दुई लाख मुल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहंलाई हस्तारन्तण गर्नुभएको हो । मेडिकलमा राखिएका महंगा ५० प्रकारका रु २ लाख मुल्य बराबरको औषिध निशुल्क सहयोग गरेको सिनियर अनमी बोहराले बताउनुभयो ।

आफु एक स्वास्थयकर्मी भएको र थोरै भएपनि महत्वपुर्ण औषधि भएका कारण स्वइच्छाले सहयोग गरेको बोहराले बताउनुभयो । अनमी बोहराले सहयोग गरेका औषधिले स्वास्थय कार्यायललाई ठुलो राहत मिलेको जनस्वास्थ्य प्रमुख प्रेम सिंहले बताउनुभयो । औषधि वितरण कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर लगायत अन्य सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्