१६ आश्विन २०८१, बुधबार

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ ।।

Khabarsabaiko शनिबार, कार्तिक ०१, २०७७

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामिलाइ महाकाली चाहिएको छ
जमिन्दार हजुरसङ्ग उस्ले केहि पनि मागेको छैन
मज्दुर हो उस्लाइ काम गर्न कोदाली चाहिएको छ
मेरो यो मुखलाइ दारी जुङ्गा यसैले पनि चाहिएको हो
जसरि उन्लाइ राम्री बन्न ओठमा लाली चाहिएको छ
जाउ सलह साहु तिमी सित्तैमा हाम्रो खुन नखाउ,
किसान हौ हामिलाइ हाम्रो अन्नबाली चाहिएको छ
सुख छ हे इस्वर दया गरेर बरु दुख दे,यात्रा हो जिवन
यात्रालाइ ओकालि चाहिएको छ ओरालि चाहिएको छ
जो उभिरन्छ एउटा पनि काम गर्दैन उहि भगवान हरे,
र फेरि उसैलाइ भक्तिभजन भाषणमा ताली चाहिएको छ
तिमिलाइ छोरी जस्तै माया गर्ने सासु चाहिएको होला
मलाइ छोरा जस्तै माया गर्ने ससुराली चाहिएको छ
परिवार गद्दार भएर नै हो आज यो घर बिग्रीएको
यो देसलाइ अब एक सच्चा नेपालि चाहिएको छ
सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामिलाइ महाकाली चाहिएको छ
@Morang
रचना मिती * २०७७/०३

यहाँ कमेन्ट गर्नुहोस्