१६ चैत्र २०८०, शुक्रबार

पूर्वको केपी ओली अब हुम्लामा जन्मनुपर्छः साँसद छक्कबहादुर लामा

Khabarsabaiko आइतबार, कार्तिक ०२, २०७७

हुम्लाबाट प्रतिधित्व गदै आएका प्रतिनीधि सभाका सदस्य छक्कबहादुर लामाले पूर्व जन्मेका केपी ओली अब हुम्लामा पनि जन्मनुपर्ने बताएका छन् ।
तत्कालिन माओवादीकिो सश्स्त्रद्धण्दको समयमा ज्यान गुमाएका शहिद बत्त बुढाको नाममा स्थापना गरिएको स्मृति प्रतिष्ठानको भवनको उद्धघाटन गर्न गृहजिल्ला हुम्ला पुगेका साँसदले यस्तो बताएका हुन् ।
स्मृति भवनको उद्धघाटन गर्ने क्रममा गृहजिल्ला हुम्ला पुगेका साँसद लामाले पूर्व जन्मेका केपी ओली पनि अब हुम्ला जिल्लामा जन्मेपछि मात्रै पार्टीमा एकरुपता र एकता हुने उनले बताए ।
पार्टीमा एकरुपता र एकता हुनुपर्छ अनि मात्रै पार्टी रहन्छ र पार्टी चल्छ हैन भने पार्टी भएन भने हामी पनि कोही रहदैनौ साँसद लामाले भने । अब जिल्ला स्थित नेता कार्यकर्ता एकजुट एक मुट भएर अगाडी बढनु पर्ने कुरामा साँसद लामाले जोड दिए ।

तत्कालिन माओवादीको सश्स्त्रद्धण्दको समयमा ज्यान गुमाएका शहिद बुढाको सम्झनामा नेकपा हुम्लाले शहिद स्मृति प्रतिष्ठानको भवन स्थापना गरेको छ ।
स्मृति भवनको उद्धघाटनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज बिजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कार्यालय सचिव कमल बोहरा लगायतका नेता कार्यक्रताहरुको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्