१६ चैत्र २०८०, शुक्रबार

३ वर्ष देखि काठमाडाैंका विभिन्न बालगृहमा अलपत्र परेका बालबालिकाको उद्धार

Khabarsabaiko बुधबार, कार्तिक ०५, २०७७

हिमालि नविन समाजले काठमाडाैंका केअर बालगृह र साहारा अन्तराष्ट्रिय बाल गृहमा  अलपत्र परेका विभिन्न जिल्लाका ११ बालबालिका लाइ उद्धार गरि परिवारमा बुझाएको छ।

उद्धार गरिएका बालबालिकामा  हुम्लाका चार र सात जना अन्य जिल्लाका रहेका छन् । उद्धार गरिएका मध्य ७ जना बालबालिकालाई जिल्ला बाहिर नेपालगंज, काठमाण्डौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका ४ जनालाई परिवारसंग पुनर्र मिलन गरिएको छ ।

बालबालिका ३ वर्षदेखि काठमाण्डौँको साहारा अन्तराष्ट्रिय बाल गृह होस्टेल र केअर बालगृह नामक, संस्थामा जोखिम पुर्ण अवस्थामा रहेका थिए । बुढानिलकण्ठ वडा नम्वर ११ ले हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि बालबालिकालाई घरपरिवार संग पुनः मिलन गराएको हिमाली नविन समाजका पारिवारीक पुनर्र मिलन अधिकृत मंगल लामाले बताए ।

उता अभिभाकले  उनिहरूका बालबालिका लाइ १२ कक्षा सम्म निःशुल्क पढाई दिने भन्दै ४० हजार रुपैयाँ समेत लिएको खुलासा गरेका  छन्। आर्थिक अवस्था कमजोर भएकाले बालगृहमा राखिदिन्छु भने पछि विश्वस मानेर पठाएको हुम्ला अदानचुली गाउँपालिका वडा नम्वर ५ का कुल टमटाले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयमा एक कर्यक्रमका विच  प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरी,खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका २ का वडाअध्यक्ष नरबहादुर भण्डारी र लगायतको अभिभावकको उपस्थितमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्