०१ कार्तिक २०७८, सोमबार

हुम्लामा जडिवुटी संकलन गर्न गएका एक युवा बेपत्ता

Khabarsabaiko बुधबार, कार्तिक ०५, २०७७

हुम्ला सिमकोट गाउँपालिका वडानं १ को चुुवाखोला वनमा जटिवुटी खन्न गएका खार्पुनाथ गाउँपालिकाका एक जना युवा बेपत्ता भएका छन् । जडीबुटी संङ्कलन गर्न गएका करिव ३० बर्षिय धनबहादुर बुढा एक हप्ता देखि सम्पर्कमा  नअाएको खार्पुनाथ गाउँपालिका १ नम्बर निवासी दिप बहादुर शाहीले जानकारी दिए ।

जटीमासी (भुल्ते) लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर असोज २० गते उनीहरु पाटनतर्फ लागेका थिए । संगै जडिबुटि संकलन गर्न गएका साथीहरु फर्केपनि उनको आजसम्म कुनै अत्तोपत्ताे छैन ।

चुवाँखोला सामुदायिक वनमा जटामसी खन्ने क्रममा वेपत्ता भएपछि बुढाका आफन्तले ठेहे प्रहरी चौकी लाई खोज्नको लागि आग्राह गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर सुवेदीले जानकारी दिए ।

उनका अनुसार वेपत्ता बुढाको आफन्त र प्रहरी हल्दावारको नेतृत्वमा ५ जना प्रहरी जवानाहरु वेपत्ता वुढाको खोजी गर्न त्यसतर्फ प्रस्थान गरेको बताउनु भयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्