०३ जेठ २०७९, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना संक्रमण पुष्टि

Khabarsabaiko शुक्रबार, कार्तिक १४, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् भने यो संगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्