१४ मंसिर २०८०, बिहिबार

अर्गानिक उत्पादनमैं जोड दिन हुम्ली किसानलाई कृषी मन्त्रीको आग्रह

Khabarsabaiko सोमबार, कार्तिक २४, २०७७

हुम्ला–कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले हुम्लामा अर्गानिक उत्पादनमै जोड दिनु पर्ने बताएकी छन् ।

प्रदेश सरकारका माताहातका अनुदान योजनाको अनुगमनका क्रममा हुम्ला पुगेकी मन्त्री केसीले हुम्लालाई अर्गानिक जिल्लाकै रुपमा विकास गनुपर्ने बताइन् ।

हुम्ला जिल्लामा रासायनिक मल विषादी प्रयोग गरिने गरिएको छैन् कृषि मन्त्री केसीले भनिन् । अर्गानिक खेतीपाती हुम्ली कृषकहरुले यस तर्फ ध्यान दिन मन्त्री केसीले आग्रह गरिन ।

हुम्लाको स्थानीय अर्गानिक खाना कोदोको रोटी र सिस्नो सारै मिठो भएको प्रशासा गदै मन्त्रीले अर्गानिक मोडल हुम्ली कृषकलाई केही राहत महसुस हुने उनको भनाई छ । हुम्ला जिल्लामा भएका अर्गानिक कृषि बालीको कृषकहरुले संरक्षण गर्ने आवश्यक रहेको बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: