०४ कार्तिक २०८१, आइतबार

म यो देश बनाउछु अनि घर बनाउछु (गजल)

Khabarsabaiko बुधबार, कार्तिक २६, २०७७

म यो देश बनाउछु अनि घर बनाउछु
बगर झै उजाड ती नदि सागर बनाउछु
मानौ,कुनैदिन यदि म भगवान भए भने
सबै मान्छेहरुलाइ समानन्तर बनाउछु
म यो देश बनाउछु अनि घर बनाउछु
यो देशको हालत हेर्दा कुन बाउले भन्छ होला?
मेरो छोरोलाइ म यो देसको लिडर बनाउछु
म यो देश बनाउछु अनि घर बनाउछु
बादर झै गरेर त्यो छ्यणभरमै भत्काइरहन्छ
बढो मिहनेत लगाएर म जिवनभर बनाउछु
म यो देश बनाउछु अनि घर बनाउछु ।
तिम्रै मर्जी चाहे जुत्ता लाउ या खुत्ता दरो बनाउ
सिसा हैन मेरो यो छाति अब म पथ्थर बनाउछु
सरकार सहरलाइ बिसालनगर बनाउछु भन्छ
तर किन भन्दैन कि गाउलाइ सहर बनाउछु
म यो देश बनाउछु अनि घर बनाउछु
तिम्ले बडादसै एकचोक्टो मासु फ्याकेर साहेद
सोच्यौ कि! कुकुर हु म र गु खाने रहर बनाउछु
हो;धेरै गर्न जरुरी छ,उस्लाइ बारम्बार मर्न जरुरी छ
जो भन्छ ईतिहास लेख्छु र मेरो नाम अमर बनाउछु
✍️सुजन बुढाथोकी
रचना अध्ययन तथा पठन पश्चात् आफ्नु ब्यक्तिगत बिचार राख्नु होला ।प्रतिकृया पाउनु सर्जकिय अधिकार हो भने 
अर्काको रचना पढेर प्रतिकृया नजनाउनु सर्जक माथिको अन्याय हो तसर्थ,रचना पढिसकेपछी प्रतिकृया पनि गर्ने गरौ ।

यहाँ कमेन्ट गर्नुहोस्