Khabarsabaiko बिहिबार, कार्तिक २७, २०७७

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको नवनिर्मित प्रशासन भवन आज एक कार्यक्रमका बिच कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी द्वारा उद्घाटन गरिएको छ । भवन उद्घाटनका लागि कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सामाजिक मन्त्री दल रावल लगाएतको टिम हुम्लाको सिमकोट पुगेको थियो ।
तर शिला पत्र समयमै नपुगेकाले काठको घोचोहालेर शिला पत्र अट्काएर भएपनि भवन उद्घाटन गरिएको हो । हुम्लामा नवनिर्मित स्वाथ्यको भवनको उद्घाटनको लागि मंगलबार मात्र जानकारी पाएपछि हतार हतार शिला पत्र टाँस्न नपाई घोचोलगाएर शिलापत्र टांस्नु परेको स्वाथ्य सेवा कार्यलय श्रोतले जनाएको छ ।
१३ कोठा सहितको ४ वटा कोठा वाथरुप रहेको नवनिर्मित सो भवन डिभिजन कार्यालय जुम्लाले २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैंसा लागतमा निर्माण भएको हो । सो भवन गतवर्ष नै निमार्ण सम्पन्न भई कार्यालयको सेवा सुचारु भैरहेको स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री रावलले हुम्लाको अस्पताल लाइ अबको दुई वर्षमा २५ शैया बाट ५० शैयाको अस्पतालमा स्तरोन्नतीका लागि प्रयास गर्ने बताउनुभयो ।

फोटोः अर्जुन बोहरा
भवन उद्घाटन समारोहमा कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामा, सामाजिक विकास मन्त्र दल रावल, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत, कर्णाली योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाया, प्रदेश अस्पतालका निर्देशक डा. रविन खड्का,जनप्रतिनिधीहरु र राजनितिक दलका नेताहरुको लगायतको सहभागित रहेको थियो ।