Khabarsabaiko शनिबार, कार्तिक २९, २०७७
हुम्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागी शिल गरिएको छ । नाम्खा गाउँपालिकाको याल्वाङ स्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै ३ दिनकाे लागि शिल गरिएकाे हाे ।
पाँच जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारबाट आजबाट आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।
पालिका भित्रै एक आपसमा समुदायस्तमा संक्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागी ३० गते सम्म पालिका प्रवेशमा राेक लगाउदै शिल गरिएकाेे गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिए । आन्तरिक तथा बाह्य मानिसहरूले आवतजावत नगरी दिन आग्रह गर्दै यदि नियमीत विपरीत गरेको पाइएमा पालिकाले कानुन बमोजिम बारबाहि गर्ने अध्यक्ष लामाले बताए ।
पालिका केन्द्र याल्वाङबाट हिल्सा हुँदै ताक्लाकोट जाने मुख्य बाटो पर्ने भएकाले अन्य ६ वटा पालिकाका नागरीकलाई समेत समस्या निम्तीने देखिने भएको छ ।