०२ जेठ २०७९, सोमबार

थप ८ जना काेराेना संक्रमण देखिएपछि एन्टीजेन सहित चिकित्सक टाेली नाम्खामा

Khabarsabaiko शनिबार, कार्तिक २९, २०७७

हुम्ला- नाम्खा गाउँपालिकामा थप आठजनामा कोरोना संक्रमण देखिएपछि एन्टीजेन सहित जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक टाेली नाम्खा गएका छन् । गाँउपालिका केन्द्र याल्वाङ्ग रहेकाे महाबाैद्व माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीलाई काेराेना संक्रमण देखिएपछि १ सय पिस एन्टीजेन सहित चिकित्सक सहित ३ जनाकाे टाेली नाम्खा गएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

एक जना चिकित्सक डाक्टर नवीन राेकाया सहित एक जना हेल्थ असिस्टेन्ट ,ल्याब टेक्निसियन र जिल्ला अस्पताल हुम्लाका अध्यक्ष छपाल दाेर्जी लामा याल्वाङ गएकाे स्वास्थ्य सेवा कायार्लय हुम्लाका प्रमुख सिहंले बताए । याल्वाङ पुगेकाे टाेलीले एन्टीजेनबाट काेराेना परिक्षण हुने भएकाे सिहंकाे भनाई छ ।

गाँउपालिकाले पनि काेराेना परिक्षणकाे लागि एन्टीजेन खरिद गर्ने कुरा भएकाे सिहंले बताए । जिल्ला स्थित जिल्ला विपद् व्यवस्थापन समितिको लापरबाहीका कारण समुदाय स्तरमा कोरोना फैलिएको स्थानीयले गुनासाे गर्न थालेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको नियमित बैठक बस्ने निर्णाय गर्ने तर कार्यन्वयन नगर्दा सिमकोट विमानस्थल हुँदै संक्रमित भित्रिदा याे समस्या भएकाे सराेकारवालाहरूले बताउने गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्