११ आश्विन २०८०, बिहिबार

कुकुरतिहार !!

Khabarsabaiko शनिबार, कार्तिक २९, २०७७

कस्ले बुज्छ यार मलाइ कस्ले पुज्छ मेरो निधार

सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार?

रुदै जिन्दगिभर ढोकामै गित गाएर गरिब गाउँ फर्कियो(२)
हास्दै जब अदालतले नै भन्दियो कि कुनै गायककार
सडकको कुत्ता भन्छ कैले आउछ अब कुकुर-तिहार
फगत तिमी पनि यार बहिराहरुलाई आबाज सुनौछौ(२)
तिमी आफैमा लाटो छौ नबज्ने रेड्यो झै झ्यारझ्यार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
चोरले कुकुर मार्नु अघि सोध्यो कि किन कराएको(२)
उस्ले भन्यो अधिकार हो भुक्न पाउनु मेरो अधिकार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
उ मर्छ तर मरे मान्दैन मान्दैमान्दैन कैले पनि तलाइ(२)
मानौ कि जसरी सहिदले राणासाशन गर्यो अस्विकार
सडकको कुत्ता भन्छ अब कैले आउँछ कुकुर तिहार
पक्कैपनी उ आज मरेको हुनुपर्छ या बेहोस बनाइएको(२)
नत्र भने जाबो बिरालोले कसरि गर्यो बाघको सिकार
सडकको कुत्ता भन्छ अब कैले आउँछ कुकुर तिहार
ए मेरो हजुर भन्ने म घर आउनु अघाबै पैला गैसकिछे(२)
त्यो कुकुर भयो यार इमान्दार बरु तिमी रह्यौ गद्दार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
तिमिले त अग्लो महलमा बेलायती डागो पालिछौ(२)
अब छाप्रोको छाउरोले मात्र गरिरनेभो गु खाने बिचार
कस्ले बुज्छ यार यहाँ कस्ले।पुज्छ मेरो निधार
सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार!!
✍️✍️✍️✍️सुजन बुढाथोकी
रतुवामाइ,मोरङ्ग
दिनदुखी र सडकमा कुकुर जस्तै भएर बसेका बेसाहाराहरुप्रती 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: