२४ भाद्र २०८१, सोमबार

हुम्ला लगायत कर्णालीका उच्च स्थानहरूमा हिमपात (फोटो सहित)

Khabarsabaiko सोमबार, मंसिर ०१, २०७७

गतराती देखि हुम्ला लगाएत कर्णालीका उच्च हिमाली स्थानमा हिमपात परेको छ । हिमपात हुम्ला, जुम्ला, मुगु, डोल्पाका लगाएतका जिल्लाका उच्च स्थानमा परेको हो ।

हिमपातले चिसो बढेपछि हुम्लाको सिमकोटमा तापक्रम ८ डिग्री माइनसमा झरेको छ ।

त्यस्तै हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले जानकारी दिए । अब हिमपात सुरू भएपछि लिमिलेलाई सदरमुकाम सिमकोट आवतजावत समस्या हुने वडाध्यक्ष तामाङले बताए ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । हिमपातले चिसो बढे सँगै तिहारको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदाँ समस्या भएको छ ।

पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगाएतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्