०१ कार्तिक २०७८, सोमबार

के दसैं के चाड तिहार ?

Khabarsabaiko सोमबार, मंसिर ०१, २०७७

त्यो बालक बा बा भन्दै रोइरहन्छ बारम्बार
बा भन्छ गरिबलाइ के दसै के चाड तिहार?
नागरिकहरु न्यायन्याय भन्दै चिच्याइरहन्छन
निदाएको बच्चा हो सुन्दै सुन्दैन सरकार
हे इस्वर के गरिबको भाग्य यसैले छोपिएको हो?
हेर त्यहा दिन रात पसिनाले पुरिएको छ निधार
आज सडकमा समातिएको चोरकुकुरले भन्यो
जाली छन यि मान्छेहरु र स्वार्थी छ यो सन्सार
उसैले रोपेको चामलका टिका र उसैका जमराहरु
शिरवाट खसाएर यो मान्छे माटोलाइ दिन्छ उपहार
जिन्दगिभर म हररोज रगतको रोटि खान्छु
म बडादसै मान्छु चाहिदैन मलाइ कुनै आधार
त्यो बालक बा बा भन्दै रोइरहन्छ बारम्बार
बा भन्छ गरिबलाइ के दसै के चाड तिहार?

सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्