Khabarsabaiko बुधबार, मंसिर ०३, २०७७
हुम्ला– चीन–नेपाल सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साको टोली सदरमुकाम सिमकोट फर्किएको छ । चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको हो ।
उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा रहेको प्रहरीचौकी चिसो माइनस पुगेपछि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।
प्रहरी नायव निरिक्षक जङगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुवेदीले बताए ।
सीमा सुरक्षामा खटिएको हिमालपारीको सुनखानीमा रहेको प्रहरीचौकी कार्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भईसकेको भएपनि हिल्सा नाकामा खटिएको प्रहरीचौकी मंगलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ ।
सीमा छोडेर सदरमुकाम सिमकोट आईपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेछन् ।
सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षामैै रहने चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा चिसो बढेपनि सश्स्त्र प्रहरीको बोर्डर आउट पोस्ट बिओपी टोली बन्दोवस्ती रहित सुरक्षामै बसेको छ ।
नाम्खा गाउँपालिका–५ को हिल्सा नाका र चीनको सीमा नाकामा सशस्त्रका इन्स्पेक्टर सुरज केसीको नेतृत्वको २२ जना टोली हिँउदको समयमा पनि हिल्सामै बस्ने भएको छ । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सारिएपनि सश्स्त्र प्रहरी इन्स्पेक्टर केसीको नेतृत्वको २२ जना १२ जना स्थानीयबासी मात्रै हाल हिल्सा नाकामा बसेको पाईएको छ ।