०४ जेठ २०७९, बुधबार

१६ बुधे निर्णय सहित हुम्लामा कोभिड विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न

Khabarsabaiko बिहिबार, मंसिर ०४, २०७७

बुधबार हुम्लामा कोभिड विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। जिल्लाको उत्तरमा पर्ने नाम्खा गाउँपालिकामा कोरोना संक्रमित संख्या दिन प्रतिदिन बढेपछी बैैैैठक  बसेको हो।

बैैैैैैठकले  जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ । नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।
व्यावस्थापन समितिकाे बैठकले १६ बुधे निर्णय पारित गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्