२६ भाद्र २०८१, बुधबार

के गर्नु ?….. जति नै चिच्याए पनि ?….

Khabarsabaiko आइतबार, मंसिर ०७, २०७७

डुबिरहेछ ढुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ?
यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
गर्दै अनुसन्धान चिहानमा आउँछ पिसिआर,के गर्नु?
~
मायालु तिमी पनि यार कति धेरै कराइरहन्छौ मलाइ
तिमै किचकिचले चुडियो भने दिमागको तार,के गर्नु?
~
बिन्ती गर्यो करायो र उ राहत भन्दै भुँडी फुटेरै मर्यो,
मेयर,हातमा बोकेर आयो कुहिएको आहार,के गर्नु ?
~
संविधानमा जतिनै जाति र नारिका नारा लेखिए पनि
बढेकै छ बलत्कार,र मारिएकै छ सुनुवार, के गर्नु?
~
मेरो प्रेमिकाको ब्यहवार,गतिलो छैन छदै छैन
छन त छनी उन्को पनि हसिलो अनुहार,के गर्नु ?
~
त्यो गैरजिम्मेवार अस्पतालले दबाइ नै गरेन मलाइ
भाइरस हैन खास ,लागेको थियो बुखार, के गर्नु?
~
रुवाएर अरुलाइ अनि रातभर जगाएर मन्दिरमा
आएर मान्छे गरिरहेछ इश्वरको पुकार,के गर्नु?
~
केथा त्यो अग्यात मान्छे खुङ्गखार अपराधी हो भनेर
सुरुमा आयो अनि सहर गरेर गयो नमस्कार,के गर्नु?
~
आगनमा आएर बेरोजगार मज्दुर थुक निकालिरहेछ
दरवारमा मालिक डकारिरहेछ अपचको डकार,के गर्नु?
~
माया दिनु भनेकै कसैलाइ मुटु सुम्पिनु हो
आफैलाइ मारेर अरुलाइ प्यार, के गर्नु ?
~
को बन्छ होला दाबेदार देस,र के होला भोलि?
यदि भयो भने यो सन्सारमा तृतियवार, के गर्नु?
~
घर आग लागि भएरै सकियो,तर उ चुपचाप हेरिरह्यो
सायद मान्छे हैन त्यो जनावार थियो जनवार, के गर्नु
~
कोरोनाको दबाइ नभएरै मान्छे मरेर गयो! हार भयो
बिग्यान बनाएर यति धेरै आणबिक हतियार,के गर्नु?
जति नै चिच्याए पनि यहा हुदै हुदैन उद्दार~के गर्नु ?
डुबिरहेछ ढुङ्गा सुतिरहेछ माझि गरेर गुहार~के गर्नु?

✍️सुजन बुढाथोकी
रतुवामाइ,मोरङ्ग

 

*यो रचनामार्फत पाठक वा जनभावनालाई कुनै पनि प्रकारले निरास तुल्याउन खोजिएको हैन । बरु सम्बन्धित निकायलाई अझ जिम्मेवार बनाउन खोजिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्