०२ कार्तिक २०८१, शुक्रबार

हुम्लाको सर्केगाडमा १५ सैया अस्पताल शिलान्यास

Khabarsabaiko मंगलबार, मंसिर १६, २०७७

हुम्लाको सर्केगाडमा १५ सैया अस्पताल शिलान्यास भएको छ ।
शिलान्यास कर्णालि प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् ।    शिलान्यास कार्यक्रमका लागि समाजिक विकास मन्त्री रावल हेलिकप्टरमा निमार्ण स्थल पुगेका थिए।  शिलान्यास संगै अस्पतालका लागि जग्गा प्रदान गर्ने  जग्गा धनि लाई फुलमाला सहित धन्यवाद दिएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावले हुम्ला र सर्केगाडका स्वास्थ्य र शिक्षाका समस्यामा कर्णालि प्रदेश सदैव संगै रहेको भन्नु भयो । उहाँले सर्केगाडको विकासका लागि सबै एकजुट हुन अग्रह समेत गरेका छन् ।
सामाजिक विकास मन्त्री रावलको प्रमुख आतिथ्यमा सञ्चालन भएको  शिलान्यास कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको रहेको थियो । कार्यक्रममा उपाध्याक्ष जोशी धामी सरकारी, गैर सकारकारी निकायका पदाधिकारी लगायत स्थानिय बासिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सर्केगाडको विकासका लागि प्रदेश र संघले थप ध्यानदिनु पर्ने कुरा उपाध्यक्ष जोशी धामीले भने ।
नेपाल सरकारको निर्णय अनुसार आज देशै भरि पाँच, दश र पन्द्र सैयाका ३९६वटा अस्पताल शिलान्यास गर्ने योजना रहेको छ ।
सो अनुसार हुम्लाका चार गाउँपालिका अदानचुली १५ , ताँजाकोट १०, नाम्खा १५ र सर्केगाडमा १५ शैयाको अस्पताल निमार्ण हुने भएका छन् ।

यो संगै कर्णालीका विभिन्न जिल्ला गरि ४२ वटा अस्पताल सोमबार शिलान्यास भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्