About Contact Links
Close
बिज्ञापन
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयन्ती मनाइयो

Khabarsabaiko मंगलबार, मंसिर १६, २०७७ मा प्रकाशित

काठमाडौं – विश्व हिन्दू परिषद् नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयन्ती मनाइएको छ । सोमबार सप्तरीमा  एक कार्यक्र गरि मनाइएको हो ।

विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषद्ले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन् । कार्यक्रममा परिषद्का वक्ताहरुले गुरु नानक देवजीको जीवनी एवं समाजमा वहाँले पुगाउनु भएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।

विश्व हिन्दू परिषद् नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु हर्षोल्लासका साथ मनाउने गर्दछन ।

यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद् नेपालको विश्वास रहेको , परिषदका एक अधिकारीले बताउनु भयो ।

सो कार्यक्रम अन्य जिल्लामा पनि विभिन्न कार्यक्रम गरि समर्थकले मनाएका छन् ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७