Khabarsabaiko मंगलबार, मंसिर १६, २०७७
हुम्ला संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले हुम्ला जिल्ला धार्मिक तथा सँस्कृतिक पर्यटनको संभावना भएको बताउनुभयो ।
प्रतिनीधि सभाका सदस्य छक्कबहादुर लामाको आग्रह स्वीकार गरि हुम्ला जिल्ला पुगेका मन्त्री भट्टराईले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
पूर्वको सोलुखुम्वु जिल्लाको लुक्ला क्षेत्र पर्वतारोहणका हिसाबले पर्यटन प्रर्बद्धन भएको र हुम्ला पनि
मानसरोवर कैलाशको गेट वे हिसाबले धार्मिक पर्यटक संभावना रहेको मन्त्री भट्टराईको छ । अब हुम्लामा १० हजार धार्मिक पर्यटक होइन ५ लाख भित्राउने लक्ष्य राख्नु पर्न र मन्त्री भट्टराईको दाबी छ ।
नयाँ पर्यटनको गुरु योजना निर्माण गरि विविध कुरामा हुम्ली जनता ख्याल पर्यटन क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे । जिल्लामा ५ लाख पर्यटक भित्राउन भौतिक संरचना र पूर्वाधारहरुको विकास हुनुपर्न पर्टयटन मन्त्री भट्टराईले बताउनुभयो । आगमी दिनको लागि नयाँ गुरु योजना तयार पारेपछि संघ सरकारबाट हुम्लाको पर्यटन क्षेत्र विकासको लागि आफू सक्दो सहयोग हुने मन्त्री भट्टराईले आश्वासन दिनुभयो ।
नेपाली भु भागबाटै चिनको तिब्बतमा रहेको मानसरोेवर कैलाश दर्शन हुने भएकोले पर्यटन क्षेत्रकोे विकासमा जोड दिनुपर्न प्रतिनीधि सभाका साँसद छक्क बहादुर लामाले बताउनुभयोे ।
साँसद लामाले हुम्ला धार्मिक तथा साँस्कृतिक पर्यटनको धेरै सम्भावना भएकोले जतिसक्दो सडक सञ्जालसँग हुम्लालाई जोेड्नु पर्ने बताउनुभयो ।