११ आश्विन २०८०, बिहिबार

खाना पकाई रहेको प्रेशरकुकर पट्कीदा एक जना गम्भीर घाईते

Khabarsabaiko बुधबार, मंसिर १७, २०७७

हुम्ला-खाना पकाई रहेको प्रेशरकुकर पट्कीदा अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका छन् ।

मंगलबार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर पट्कीए पछि नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाईते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिनु भएको छ ।

उनले भने “वासर चुटिएको रहेछ बुवाले हेर्नु भएनछ बेस्सरी आगो बले पछी ढाकन फुत्कीएर बुवाको टाउँकोमा लागेछ” । टाउकाको हड्डीमा गम्भीर चोट लागे पछि श्रीनगर स्वास्थ्य चौकीमा उपचारको लागि लिएको चोट गम्भीर भए पछि रिफरको लागि मंगलबार रातीनै बाजुराको धुलाचौर पुर्याईएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ ।

उनले भने “टाउकोमा गम्भीर चोट लागेको छ हड्डीनै भाँचीए जस्तो छ यहाँ चेकजाँच गर्ने साधन छैन यहाँ नसकीने भयो त्यसैले रातीनै रिफर गरेका छौ” ।

उनी भोली बिहानै बाजुराको कोल्टी बिमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लिने भएको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: