०४ कार्तिक २०७८, बिहिबार

सिद्धबाबाले पाए सुनसरी जिल्ला अदालतले सफाई; चरित्र हत्या गर्ने लाइ कडाकारवहिको माग

Khabarsabaiko मंगलबार, मंसिर २३, २०७७

सन्त श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ ।  सफाइ पछि आजै सिद्धबाबाको चरित्र हत्या गर्ने लाइ कडाकारवहिको माग सहित विश्व हिन्दु परिषद्, नेपालले एक विज्ञप्ति निकालेको छ ।   जगलत मनसाय राखी सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय भएको जनाएको छ ।

विज्ञप्तिमा हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ भनिएको छ । जसमा प्रशासनको लापरवाही कारण सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु परेको जनाइएको छ ।

साथै अब हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गरेको छ।

विज्ञप्ति

 

यहाँ कमेन्ट गर्नुहोस्