२१ आश्विन २०८१, सोमबार

सर्केगाडमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस देउडा खेलेर मनाइयो..

Khabarsabaiko शुक्रबार, मंसिर २६, २०७७

सर्केगाडमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस भव्य रूपमा मनाईएको छ ।
सर्केगाड गाउँपालिका, किडार्क, नेपालको आयोजना र महिला कल्याण सेवाको साझेदारी रहेको मनाईएको छ। विहिवार मनाईएको सो दिवसमा सर्केगाडमा ¥यालि सहित मानव अधिकारका बारेमा देउडा प्रतियोगिता गरिएको हो । देउडामा सर्केगाडका सबै वडाका स्थानिय देउडा खेलाडिको सहभागिता रहेको रहेको थियो । कार्यक्रम कार्यवाहक अध्यक्ष बलविर थापको अध्यक्षतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाल सर्केगाडमा मानव अधिकार सम्वन्धि पहिलो कार्यक्रम भएको भनाई थियो । कार्यक्रम सर्केगाड स्थित सरकारी कार्यालय प्रमुख, गाउँपालिका प्रमुख, वडा सदस्य, गैर सरकारी कार्यालय प्रमुख, बजार व्यावसायी लगाएत स्थानिय करिव ३ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम पुरूष र महिला देउडा खेल भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्