०२ जेठ २०७९, सोमबार

नेकपा कार्यकर्ताद्वारा हुम्ला राँके जुलुश

Khabarsabaiko मंगलबार, पुष ०७, २०७७

फोटोः नरजन तामाङ

फोटोः नरजन तामाङ

हुम्ला–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध हुम्ला प्रचण्ड पक्षका नेकपा कार्यकर्ताहरुले राँके जुलुस प्रर्दशन गरेका छन् ।
प्रधानमन्त्रीको कदम असवैधानिक भएको भन्दै नेकपा कार्याकर्ताहरुले ७ बजे नारा र राँके जुलुुस विरोध प्रर्दशन गरेका हुन् ।
सिमकोट स्थिच एयरपोर्ट चोकबाट नेकपा कार्याकर्ताहरुले राँके जुलुश निकालेर विरोध प्रर्दशन गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष एवम् नेकपा जिल्ला कमिटी सदस्य बली रावतले जानकारी दिए । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असवैधानिक भएको भन्दै स्वतस्फुर्त रुपमा जुलुश निकालिएको उनले बताए ।
जुलुशमा असवैधानिक कदम फिर्ता गर,नेकपा एकता जिन्दावाद, जनताको जनमत कदर गर लगायतका नारा लगाइएको थियो ।
एयरपोर्टचोकबाट निकालिएको जुलुसमा ५०देखि ७० जना कार्यकर्ताहरु विरोध प्रर्दशनमा उत्रिएका थिए । नेकपाका राँके जुलुसमा प्रचण्ड पक्ष अर्थात पूर्व माओवादीका कार्यकर्ताहरु मात्र सहभागिता रहेको युवा लोकेन्द्र शाहीले बताए ।

 

ठुलो संख्यामा राँके जुलुसमा आएका नेकपा कार्याकर्ताहरुले नारा जुलुस सहित कालिञ्चोकमा आएर जुलुसको अन्तय गरिएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्