१४ मंसिर २०८०, बिहिबार

हुम्लामा पनि नेकपाले गर्यो विरोध सभा

Khabarsabaiko मंगलबार, पुष १४, २०७७

हुम्लामा पनि प्रधानमन्त्री केपी ओली र विद्यादेवी भण्डारीले चालेको असंवैधानिक कमदको विरोध गर्दै अझै पनि एकता सम्भव छ भन्ने सन्देश दिन नेकपा हुम्लाले विरोध सभाको आयोजना गरेको छ ।
हुम्लामा पनि ओलीले चालेको कदमलाई ब्यापक रुपमा चासो, चर्चा र विरोध हुन थालेको छ । यो विरोध सभा हुम्लाका राजनैतिक दलहरुले गरेको तेस्रो कार्यक्रम हो । यस अघि पनि जसपा । राप्रपाले यस अघि विरोधका कार्यक्रम गरिसकेका छन् ।
नेकपा हुम्लाले पार्टी कार्यालय रहेको धुपीरुखबाट सयौं कार्यकर्ता तथा स्थानीय नेताहरुको सहभागीता विभिन्न प्रकारका नारा लगाएका थिए । उक्त नाराहरुमा प्रतिनिधि सभाको विघटनको असंवैधानिक कदमका बिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, भारतीय सेना कालापानी लिम्पियाधुरा छोड, उखु किसानको माग पुरा गरे जस्ता जनजीविकासँग सम्बन्धीत एक दर्जनभन्दा धेरै नारा लगाउँदै बजार परिक्रमा गरी विरोध सभामा परिणत भएको जानकारी आयोजक कमिटीका संयोजक लोकबहादुर हमालले जानकारी दिनुभएको छ ।
स्थानीय कार्यकर्ताहरुले यो कदम छिट्टै किनारा नलगाएको खण्डमा अझै कडा आन्दोलन र कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: