०६ कार्तिक २०८१, मंगलबार

हिमपातले थन्कियाे तारा एयर सिमकाेटमा

Khabarsabaiko आइतबार, पुष १९, २०७७

हुम्ला-तारा एयरकाे जहाज  हिमपातले हुम्लामा थन्किएको छ ।
आईतबार हुम्लामा हिमपात भएपछि दुई वटा तारा जहाज सिमकाेट विमानस्थल मै थन्किएका छन ।

तारा एयरकाे जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकाेले मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टाेली लिएर आएर थियाे मर्मत गरि फर्कने बेला माैसम खराब भएपछि राेकिएकाे सिमकाेट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिए ।

हिमपातले मर्मत गरि फर्कनेे क्रममा तारा एयरकाे जहाज सिमकाेटमै थन्किएको विमानस्थलका प्रमुख अधिकारीले बताए । यता तारा एयरका सिमकाेट श्राेतका अनुसार माैसम खराब भएपछि जहाज सिमकाेटमै राेकिएकाे जनाएकाे छ ।तारा एयरमा नेपालगञ्ज सुर्खेत ,काठमाडाै जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकाेट राेकिन बाध्य रहेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्