Khabarsabaiko सोमबार, पुष २०, २०७७
हुम्ला–अाईतबार अपरान्न बाट हुम्लाका उच्च स्थानमा हिमपात सुरू भए संंगै अाज सिमकोट हिउँले सेताम्य भएको छ । सिमकोटमा लगातार हिजो बाट परेको हिउँ १ फिट भन्दा बढि जमेको छ । हिमपात भएसँगै चिसो हव्वातै बढेपछि जनजिवन कष्टकर हुन थालेको छ ।
आइतबार परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिका हिल्सा नाका जाने नारा लेख,लिमि जाने न्यालु लेख हिउँ ढाँकेको छ ।
आईतबार दिउसोबाट हिमपात हुदा कार्तिक महिनामा छरेको जेठासी बाली राम्रो हुने भन्दै किसानहरुलाई खुसी देखिएका छन् ।
हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालयमा काम
गर्ने समस्या भएको छ । चिसो बढे संगै कृषक एकतिर बाली राम्रो हुने भन्दै खुसि छन् भने पशु
चौपाया चराउन स्थानीय सकस भएको छ । चिसो बढेसँगै सदरमुकाम सिमकोट आसपासका उच्च स्थानमा आगो बालेर ताप्नको संख्या बढदै गएको छ ।
जाडो बढेपछि सदरमुकाम सिमकोट बाक्लो र न्यानो कपडा किन्नेहरुको
भिडभाड हुन थालेको छ । हुम्ला जिल्लाका उच्च हिमाली बस्ती नाम्खा गाउँपालिका बाक्लो हिमपात भएको छ । हिमपात भएपछि सीमा सुरक्षामा खटिएका हिल्सा नाका रहेको सश्स्त्र प्रहरी बल बिओपीलाई सकस भएको छ ।