Khabarsabaiko मंगलबार, पुष २१, २०७७
हुम्ला – प्रेस काउन्सिल नेपालले २०७७ मङ्सिर २८ गते माग गरेको लेखनवृतिमा हुम्लाका नयाँ पत्रिकाकर्मी छनाेट भएका छन् । मिडिया विकास कोषको २०७७ पुष २० गते बसेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेकाेमा हुम्ला जिल्लाका नयाँ पत्रिका र नेपाल टेलिभिजन सम्वाददाता नरजन तामाङ छनाेटमा परेका हुन्।
प्रत्येक प्रदेशबाट तीन जना छनोट गर्ने गरि काउन्सिलले आवेदन माग गरेकोमा कर्णाली प्रदेशबाट २१ जनाको आवेदनमा तामाङ छनोट भएका हुन् ।
छनाैट भएका सञ्चारकर्मिले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति पुरस्कार प्राप्त गर्ने भएका छन्।
काउन्सिलले २०७६ चैत्र देखी २०७७ मङ्सिर सम्म प्रकाशित र प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्