०२ जेठ २०७९, सोमबार

शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय

Khabarsabaiko मंगलबार, पुष २१, २०७७

शिक्षा मन्त्रालय अन्तगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २० गते सोमबार सुचना प्रकाशन गर्दै शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णयगरेको जनाएको छ।

विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा माग भएपनि अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोले सरूवा रोकिएको जनाइएको छ।

जसमा सो कार्यका लागि केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का गरिएको व्यहोरा जानकारी गराइएको छ ।

शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरूवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ।

सुचना हेराैं

यहाँ कमेन्ट गर्नुहोस्