२७ भाद्र २०८१, बिहिबार

चिसोले एसइई ट्युसन पढ्ने विद्यार्थीलाई सकस

Khabarsabaiko बुधबार, पुष २२, २०७७

हुम्ला–आइतबार दिउसो १ बजेदेखि भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका ट्युसन पढ्ने विद्यार्थीहरुलाई सकस भएको छ ।
हिमपातसँगै चिसो ह्वात्तै बढेपछि जेठ महिना हुने भनिएको एसइईको ट्युसन पढने परिक्षार्थीलाई चिसोले सकस बनाएको छ । ट्युसन पढ्न सदरमुकाम सिमकोट पुगेकी कर्णाली माध्यामिक विद्यालय चौगानफयाँ कक्षा १० अध्ययनरत शुसिल शाहीले बताए ।
हिमापातले अत्याधिक चिसो बनाएर कक्षा कोठामा लेख्न समेत गाह्रो हुने गरेको शाहीले दुखेसो गरे ।
चिसोले अध्ययन गर्न र लेख्न समेत कठिन भएको कर्णाली माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा शारदा शाहीले बताइन् ।
उनले भनिन् हिमपातका कारण चिसोले गणित,विज्ञान,अग्रेजी लगायतका कोर्ष पढाई नसकिने चिन्ता लागेको छ ।
जिल्लामा पुस अन्तिममा आएर हिमपात हुदा ट्युसन पढने परिक्षार्थीहरुलाई चिसोले समस्या बनाएको बालमन्दिर माध्यामिक विद्यालयका विज्ञानका शिक्षक धिरज रोकायाले बताए । बालमन्दिर माध्यामिक विद्यालयमा झण्डै १ सय ५० विद्यार्र्थीहरुले ट्युसन कक्षा लिएको उनले बताए ।
जिल्लाका ३ गाउँपालिका विद्यार्थीहरु सदरमुकाम सिमकोटमा ट्युटन अध्ययन गर्न आएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । मानरोवर माध्यामिक विद्यालयका गणित,विज्ञान,अंग्रेजी लगायतका विषयमा अध्ययन गर्ने १ सय ६० जना विद्यार्थीहरुले ट्युसन कक्षा लिएको प्रअ शाहीले बताए ।
खार्पुनाथ गाउँपालिका, सिता माध्यामिक विद्यालय,छिप्रा,रामदेव माध्यामिक विद्यालय,ठेहे,रलिङ माध्याकि विद्यालय बरगाँउ,कर्णाली माध्यामिक विद्यालय, चौगानफया लगायतका क्षेत्रहरुबाट विद्यार्थीहरु सदरमुकाम सिमकोट ट्युसन कक्षा लिन भएको मानसरोवर माध्यामिक विद्यालयका प्रअ शाहीको भनाई । बालमन्दिर माध्यामिकमा १ सय ५० र मानसरोर माध्यामिक विद्यालयमा १सय ६० जना गरी जम्मा ३ सय १० जना जति विद्यार्थीहरुले ट्युसन कक्षा लिएका छन् ।
यता ५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युल आयोजनाले दैनिक ११ घण्टा लोडसेटिङ्ग गरेपछि जिल्ला सदरमुकाम सिमकोटमा एसइईको परिक्षा दिने परिक्षार्थी दोहोरो मारमा परेका छन् ।
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेपछि सदरमुकाम सिमकोट कोठा भाडा लिएर ट्युसन पढने विद्यार्थीहरुलाई दोहोरो मर्कामा परेका छन् । ५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जल विद्युत आयोजना हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि यहाँ विद्यार्थीहरु,व्यवसायीहरुलाई समस्या भएको छ ।

फोटो :नरजन तामाङ

फोटो :नरजन तामाङ

हिल्दुम साना जल विद्युत आयोजनाले लोडसेडिङ सेडुल  ननिकाल्दा कुनै स्थानहरुमा चौबिसै घण्टा बति छोडने र कुनै स्थानमा लोडसेडिङ गरेपछि जिल्लामा अध्ययनरत विद्यार्थी,शिक्षक,कर्मचारी,व्यवसायीलाई समस्या हुने गरेको छ।

फोटो :नरजन तामाङ

फोटो :नरजन तामाङ

यहाँ कमेन्ट गर्नुहोस्