०४ कार्तिक २०७८, बिहिबार

आर्थिक पारदर्शिताका लागि वार्षिक समिक्षा

Khabarsabaiko बिहिबार, पुष २३, २०७७

हुम्ला-आर्थिक पारदर्शिता लागि वार्षिक समीक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा सार्वजनिक गरिएकाे छ । गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग कर्णाली ग्रामीण विकास तथा अनुसन्धान केन्द किर्डाक नेपाल र स्नाेल्याण्ड एकीकत विकास केन्द्र नेपालकाे आयाेजनामा आर्थिक पारदर्शिता लागि वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएकाे हाे ।

समुदायका व्यत्तिलाई समान पहुँच र आयआर्जन सहभागिता गराउदै आएका गैहसरकारी संसथाहरूले आर्थिक पारदर्शिता गर्न उदेश्य वार्षिक समिक्षा तथा सामाजिक लेखाा परिक्षण कार्यक्रम गुड नेवर्स इन्टरनेशनल हुम्लाका कार्यक्रम संयाेजक बिरेन्द चाैधरीलेे जानकारी दिए । वार्षिक रूपमा संस्थाहरूले गरेका कियाकलाप र गतिविधिहरूकाे समिक्षा गरेकाे चाैधरीले बताए ।

गुड नेवर्स इन्टरनेशन संस्थाहरू सहकार्य रहेका साझेदार संस्थाहरू कर्णाली एकीकृृृत ग्रामिण विकास तथा अनुसन्धान केन्द किर्डाक नेपाल र स्नाेल्याण्ड ग्रामीण विकास हुम्लाले संयुत्त रूपमा आर्थिक पारदर्शिता तथा सामाजिक परिक्षण गरिएकाे चाैधरीकाे भनाई छ।

सरकारले ल्याएकाे गाउँ गाँउमा सहकारी घरघरमा भकारी नितिलाइ केही गैहसरकारी संस्थाहरूका कार्यक्रमले टेवा मिल्ने स्नाेल्याण्ड एकीकृत विकास केन्द्र नेपाल हुम्ला लघु उधम विकास अधिकृत गाेविन्द लामिछानेले जानकारी दिए ।

जिल्लाका ६ वटा सहकारी संस्थाहरूसँग समन्वय गरि आयआर्जनसँग लक्षित गरि कार्यक्रम सञ्चालन गरेकाे लामिछाने बताए । गाउँ गाउँमा खरायाे,कुखुरा,पालन तरकारी खेतिमा कृषकहरू लागि परेकाे छन ।

यस्तै कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द (किर्डाक) हुम्लाका कार्यक्रम संयाेजक जनक बुढाले जिल्लाका २ हजार ३ सय ३४ विद्यार्थीलाई शैक्षिक सामाग्रीहरू सहयाेग गदै आएकाे बताए । विपन्न,गरिब न्यून आयस्तर भएका बालबालिकालाई शैक्षिक सामाग्री विशेष गरि प्रथामिकता रहेकाे बुढाले बताए । हाल १ कराेड ५१ लाख ५६ हजार ६ सय ४९ खर्च भएकाे बुढाकाे भनाई रहेकाेे छ ।

यहाँ कमेन्ट गर्नुहोस्