Khabarsabaiko शुक्रबार, पुष २४, २०७७
हुम्ला-प्रचण्ड–नेपाल समुह नेकपाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विराेधपत्र र संविधानको प्रति पठाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चालिएको असंवैधानिक अलोकतान्त्रिक विरुद्ध प्रचण्ड नेपाल समुहले विराेध पत्र र संविधान हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीममार्फत बुझाएका छन् ।
पुस २४ गते प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरूद्ध गैरसंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न प्रचण्ड नेकपा समूहले प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाइएको हो ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भणडारीकाे विरूद्द नारासिहत प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिलाई बुझाएकाे नेकपा कर्णाली प्रदेशका सदस्य तथा नेकपा हुम्लाका कार्यबाहक अध्यक्ष जुम्कित लामाले जनकारी दिइन् ।
सो कार्यक्रममा बाेल्दै माग पुरा नभए, माघ २ गते हुम्लाका सातै गाँउपालिका विराेध सभाकाे कार्यक्रम रहेकाे लामाले जानकारी दिइन् ।