०४ कार्तिक २०७८, बिहिबार

बैंकका कर्मचारी लाई कोराना देखिएपछि सिजिटन बैंक सिल

Khabarsabaiko आइतबार, पुष २६, २०७७

हुम्ला– सिटिजन बैक हुम्लाका दुई जना कर्मचारीलाई भाइरस संक्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ ।
सिमकोट शाखामा कार्यरत दुई कर्मचारीलाई कोभिड– १९ संक्रमण देखिएपछि बैक सिल गरिएको छ । बैकमा कार्यरत कर्मचारीलाई संक्रमण भएपछि दुई दिनका लागि सिल गरिएको सिटिजन बैक हुम्ला शाखाले जनाएको छ ।
आइतबार र सोमबारका लागि सिटिजनका कारोबार बन्द गरिएको बैंकले जनाएको छ ।
जिल्ला अस्पताल हुम्लामा गरिएको इन्टीजिन विधिबाट परिक्षण गरेपछि पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालयका प्रमुख सरिता बोहराले बताइन । ५ जना लाई एनटीजिन विधिबाट परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको निमित्त कार्यालय प्रमुख बोहराले बताइन ।

यहाँ कमेन्ट गर्नुहोस्