१५ चैत्र २०८०, बिहिबार

हेलिकप्टरबाट कोरोना संक्रमित पुरूष उद्वार

Khabarsabaiko सोमबार, पुष २७, २०७७

हुम्ला-काेराना संक्रमण देखिएका एक जना पुरूषकाे हेलिकप्टरबाट उद्धार गरिएकाे छ । काेराेना संक्रमण देखिएका २५ वर्षिया पुरूषकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे । सिटिजन बैकमा कार्यरत रहेका उनकाे स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टरबाट काठमाडौं लगिएकाे स्वास्थ्य सेवा कार्यलय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बाेहराले जानकारी दिइन । श्वासप्रशवास समस्या भएपछि काठमाडौं लगिएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लालेे जनाएकाे छ । सिटिजन बैंकमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि सिटिजन बैंक हुम्ला शाखा दुई दिनकाे लागि सिल गरिएकाेे छ ।

सिमकोट शाखामा कार्यरत दुई कर्मचारीमा कोभिड– १९ संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको सिटिजन बैंक हुम्ला शाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्