०६ चैत्र २०८०, मंगलबार

आर्थिक अभावले उपचारमा समस्या

Khabarsabaiko बुधबार, पुष २९, २०७७

हुम्ला- आर्थिक अभावका कारण चंखेली गाँउपालिका-२ का नगेन्द्र सुनारकाे उपचारमा समस्या भएकाे छ ।

कपालकाेे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि उपचार नपाउदा ओछ्यानमा थला परेका छन् ।
तीन वर्षअघि कपालकाे नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक अभावले छाेरा उपचार हुन नसकेकाे उनका बुबा पाैमल सुनारले जानकारी ।
छाेरालाई उपचारमा काठमाडौं पठाईएकाे हाे आर्थिक अभावले तीन महिनादेखि काेठामै थला परेकाे छ अरू केही विकल्प छैन पैसा छैन सुनारले दुखेसाे गरे ।
घरकाे जग्गा जमीन पनि उपचारमा खर्चकाे लागि बिकि गरेपनि आर्थिक नपुगेकाे पाैमल सुनारकाे भनाई छ ।

बिरामीले थला परेका नगेन्द्र सुनारले उपचार आर्थिक अभावले महिनाैदिनदेखि अछ्यारनमै थला परेकाे दुखेसाे गरे । उनले भने उपचार सहयाेग गरिदिन हुन देश विदेशमा रहनु भएका सम्पुर्ण लाई समेत आग्रह गरेेेेका छन् । सुनारलाई आर्थिक सहयाेग गर्न उनकाे माेबाईल नम्बर ९८४५४४२९३३मा सम्पर्क गरि आवश्यक सहयाेग समेत गर्न सक्नेछन ।

यहाँ कमेन्ट गर्नुहोस्