२८ भाद्र २०८१, शुक्रबार

ओलीको प्रतिगामी कदमले मुलुक संकटमा पऱ्यो माधव नेपाल

Khabarsabaiko बिहिबार, माघ ०८, २०७७

सुर्खेत पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पु¥याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि नसकिएको बताए ।

उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चालेका छन्’ उनले भने, ‘उनले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको छ ।’

पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य नरहने गरि पार्टीले निस्कासन गर्ने बताए । ‘ओली कहिलेदेखि एमाले भए रु’ भन्दै नेपालले भने, ‘रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे । अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए रु’

नेपालले प्रधानमन्त्री ओली संविधान जारी गर्ने बेलामा समेत तयार नभएको आरोप लगाए । ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन्। केपी ओलीले गणतन्त्र जन्माएका होइनन्’ उनले भने, ‘गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन् रु गणतन्त्रमा केही तत्वहरु सल्बलाइरहँदा उनी पनि विरोधी थिए ।’

संविधान घोषणा गर्ने बेलामा ओली तयार नभएका र संविधान जारी गर्दा सुशील कोइराला तयार भए पनि ओली तयार नभएका नेपालले आरोप लगाए ।

‘केपी ओलीमा सामूहिक भावना छैन । उनी व्यक्तिवादी, गुटवादी प्रवृत्तिका मान्छे हुन् । यस्ता व्यक्ति कम्युनिष्टका नेता हुन सक्दैनन् ।’ नेपालले भने, ‘केपी ओली कम्युनिष्ट होइनन् ।’

यहाँ कमेन्ट गर्नुहोस्