०४ कार्तिक २०७८, बिहिबार

निर्वाचन आयोगले निर्वाचन सम्बन्धमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

Khabarsabaiko बिहिबार, माघ १५, २०७७

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको हो ।

पार्टीबाट अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि बोलाइएको हो ।’

###नायाँ पत्रिका अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्