१५ चैत्र २०८०, बिहिबार

चीनले कोरोनाभाइरस विरूद्धको खोप नेपाललाई अनुदानमा दिने

Khabarsabaiko आइतबार, माघ १८, २०७७

उत्तरी छिमेकी चीनले कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ।

चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्ने जनाइएको छ। यसअघि गत साता भारतले नेपाललाई बेलायतको अक्सफोर्डरअष्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्