३१ भाद्र २०८१, सोमबार

मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो, आगामी तीन दिनको मौसम पूर्वानुमान

Khabarsabaiko सोमबार, माघ १९, २०७७

मौसम पूर्वानुमान महाशाखाले आज विहान तिन दिनको मैसमी अवस्था जारिगरेको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको जनाएको छ।

जसमा आज देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको जनाइएको छ।

भने, २० र २१ गते देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । साथै प्रदेश नं १, सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको जनाइएको छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपाको संभावना र तराईका भू-भागहरुमा  हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्