११ चैत्र २०८१, मंगलबार

वर्षा र हिमपात नहुँदा हुम्लाका किसानलाई भाेकमारीकाेे चिन्ता

Khabarsabaiko सोमबार, माघ १९, २०७७

हुम्ला- हिमाली जिल्ला हुम्लामा याे वर्ष हिमपात र वर्षा नहुदा भाेकमारी हुने चिन्ता बढेकाे छ ।

मंसिर महिना यता वर्षा र हिमपात नहुँदा आकाशे पानीकाेे भर पर्न गरेका हुम्ली किसान चिन्तित भएका छन् । हिमपात र वर्षा नहुदा जेठासी खेतबारी नउम्रेपछि किसाहरूलाई भाेकमारी हुने किसानहरू चिन्तागर्न थालेका छन् ।

वर्षा र हिमपात नहुदा याे वर्ष भाेकमारी हुने चिन्ता लागेकाे अदानचुली गाउँपालिका कृषक अर्जुज बुढाले दुखेसाे पोखे । उनले भने वर्षा नभएकाले विउ मात्र खेर जाने भएकाले कतिपय किषानले त गहुँ बालि नलगाएको बताए ।

वर्षा नहुँदा खेतवारी समेत बाँझै राखेको र कतै उम्रेको गहुँ पुन सुक्दै सुक्दै गएको अर्का कृषक प्रेम भण्डारीले बताए । खडेरीले गर्दा गहुँ जहु उवा, मटर लगाए पनि कतै उम्रिएको छैन त कतै उम्रेको पनि सिँचाइको व्यावस्था नहुँदा सुकेर गएको भण्डारीकाे भनाई छ । यस वर्ष एकपटक मात्र हिमपात भयो तर उच्च स्थान र थोरै परेकाले त्यसले बालीमा सहयोग भएको कृषक भण्डारीले भने ।

अघिल्ला वर्षहरूमा हराभरा हुने गरेकाे तर खडेरीले यस वर्ष किषानको लगाएको बिउ पनि नपाउने अवस्था रहेकाे अधिकाश किसानले गुनासाे गर्न थालेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्